काठमाडौं– नागरिक उन्मुक्ति पार्टी ९नाउपा० सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो ।
नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन न्यूनतम २ वटा मन्त्रालयको नेतृत्व दिइनुपर्ने बताउँदै आएको थियो। यद्यपि १ मन्त्री, २ मन्त्री र २ वटा प्रदेश सभा समितिको सभापति पाउने गरी नाउपा सरकारमा जान तयार भएको हो।
नाउपाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। यस्तै, प्रदेश सभाका २ वटा समितिको सभापति पाउने सहमति भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले जानकारी दिए।
नाउपाले सरकारमा सहभागी हुन २ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। जसकारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन।
नाउपालाई सरकारमा सहभागी गराउने विषयमा सहमति जुटाउन मुख्मन्त्री कमल बहादुर शाह नै काठमाडौं आएका थिए।