आन्तरिक सुधारको कार्य अगाडि बढाउन सुदूरपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन - Chaitanya News
  • 2026-05-02
  • 20:59:57
  • शनिबार,बैशाख १९, २०८३
  • आन्तरिक सुधारको कार्य अगाडि बढाउन सुदूरपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

    आन्तरिक सुधारको कार्य अगाडि बढाउन सुदूरपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गरेका छन् ।

    मंगलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले राज्यको सीमितता र साधनस्रोतका बाबजूद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको कार्य अगाडि बढाउन निर्देशिन दिएका हुन् ।

    बैठकमा प्रधानमन्त्रीले भने, ‘‘राज्यको साधनस्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजूद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्नसकिने शैक्षिक जगत्मा प्रशस्त दृष्टान्तहरू छन्। तसर्थ, विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्नसमेत म यहाँहरूको ध्यानआकृष्ट गराउँछु।’’