सबै नीतिहरुको मुहान राजनीति हो,यसलाई दूषित बनाउनु हुन्न : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-17
  • 00:06:19
  • सोमबार,मंसिर ०१, २०८३
  • सबै नीतिहरुको मुहान राजनीति हो,यसलाई दूषित बनाउनु हुन्न : अध्यक्ष ओली

    सबै नीतिहरुको मुहान राजनीति हो,यसलाई दूषित बनाउनु हुन्न : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई दूषित बनाउन नहुने बताएका छन्।

    आज (सोमबार) ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा बोल्दै उनलृ यस्तो बताएका हुन्। यस्तै उनले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दूषित बनाउन नहुने बताएका हुन्।

    राजनीतिमा लागेका केही व्यक्ति खराब हुनसक्ने भएपनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने उनले बताए। ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न द्रूत गतिले अघि बढ्नुपर्ने र समाजको विकास गर्नुपर्ने जिकिर गरे। उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाई सकिएको र त्यसभन्दा बढि बढ्नुपर्ने उल्लेख गरे।

    उनले अन्य धेरै बिकासित देशहरुमा ३३ प्रतिशत सहभागिता पुराउन अझै बाँकी रहेको बताए।