काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टिभित्र एकअर्कालाई होच्याउने काम बन्द गर्न आग्रह गरेका छन। आज (सोमबार) नुवाकोटमा आयोजना गरेको खीर कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हन्। यस्तै उनले कांग्रेस काम गर्ने पार्टी भएको पनि बताएका छन्।
उनले भने, ‘कांग्रेस काम गर्ने पार्टी हो। तर, हामी प्रचार गर्दैनौं। हामी प्रचार गर्छौ एकअर्काको कमीकमजोरीबारे मात्रै। अहिले सामाजिक सञ्जाल छँदैछ सजिलै जहाँतहीँ पुग्छ। सामाजिक सञ्जालमा एकअर्कालाई होच्याउने काम बन्द गरौं। पार्टीको मिटिङबाट कामको बारेमा निर्णय गरेर जनताको बीचमा लैजाऔं।
उनले अरुको तुलनामा सरकारले गर्व गर्ने काम गरेको जिकिर गरे। बैठकमा पनि भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा अन्त्य गर्नको लागि बैठक लाइभ गरेको बताए। तर, उनले अहिले आवश्यक ठानेर बैठक लाइभ गरेको भएपनि सधैं नहुनपनि सक्ने उनको भनाइ छ।