काठमाडौँ–महोत्तरीस्थित सम्सी गाउँपालिकाका लेखापाल रौशनकुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग आयोगले उक्त गाउँपालिका–५ मा कोभिड–१९ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नपश्चात भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घुस मागेको अरोप राउतविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगको बर्दिबासस्थित शाखाले राउतलाई सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा सम्सी गाउँपालिका–५ का लेखापाल राउतले सेवाग्राहीसँग घुस मागेका थिए। राउतको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१्र) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको जानकारी दाहालले दिए।