काठमाडौं– गृह मन्त्रालयको प्रवक्तामा नारायण प्रसाद भट्टराई नियुक्त भएका छन्।
यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ। भट्टराईलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।
यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनेपछि गृह मन्त्रालय प्रवक्ताविहीन बनेको थियो।
तत्कालिन काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय भने हाल नेपाल सरकारका सचिवमा बढुवा भइसकेका छन्। उनै उपाध्याय सचिवमा बढुवा भएपछि उनको स्थानमा बस्नेत काठमाडौंको प्रजिअ बनेका थिए।