सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्छौँ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-17
  • 00:18:20
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

    सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– मावादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने बताएका छन्।

    त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका हुन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राजश्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो।

    सुन तस्करीको अनुसन्धान राजश्व विभागले नै गर्दै आएको छ । राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको समेत सहयोग लिएर अनुसन्धान अगाडि बढाएको छ।

    अनुसन्धान निष्कर्षमा पुग्ने र सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता छ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक नेताले जानकारी दि ।