प्रतिनिधिसभाको बैठक नबसेरै स्थगित - Chaitanya News
  • 2026-11-17
  • 00:18:00
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रतिनिधिसभाको बैठक नबसेरै स्थगित

    प्रतिनिधिसभाको बैठक नबसेरै स्थगित

    काठमाडौं– प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक नबसेरै स्थगित भएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ। यसमा सत्तापक्ष तयार भएको छैन।

    यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो।

    सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका सभामुखको सचिवालय स्रोतले बताएको छ।

    यसअघि सोमबार विहान संसद खुलाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा बसेका थिए।