शेखर कोइरालाले भने: सुशासन नहुँदा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारमा मुछिए - Chaitanya News
  • 2026-11-17
  • 05:23:47
  • सोमबार,मंसिर ०१, २०८३
  • शेखर कोइरालाले भने: सुशासन नहुँदा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारमा मुछिए

    शेखर कोइरालाले भने: सुशासन नहुँदा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारमा मुछिए

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुशासन नहुँदा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारमा मुछिएको बताएका छन्। आज (आयतबार)मोरङको बूढीगैगा गाउँपालिकाको नवनिर्मित प्रशाससनिक भवनको उद्घाठन कायैक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने पनि बताएका छन्।

    उनले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाभोगी नभई जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न लाग्नुपर्नेमा जोड दिए। ‘संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार नै हो। स्थानीय सरकारसित जनताका बढी अपेक्षा पनि हुन्छ,’ कोइरालाले भने,‘जनताले अपेक्षा गर्ने र सधैँ भेट्ने सरकारले जनतालाई राम्ररी डेलिभरी र सुशासन दिन सकेन भने संघीयतामाथि नै प्रश्न उठ्न सक्छ। संघीयतामाथि प्रश्न उठ्नु भनेको देश अराजकता र अस्थिरतातर्फ जानु हो।

    नेता कोइरालाले वडा तहदेखि नै प्रशासनिक खर्चमा मितव्ययिता अपनाएर जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नु आवश्यक रहेको औँल्याए। सुशासन नभएकै कारण धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागिरहेको उनको भनाइ थियो। जनताको धेरै चाहना नभएको बताउँदै कोइरालाले भने, ‘जनताले धेरै अपेक्षा गरेका छैनन्, उनीहरूलाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको पहुँचसँगै सडक र पुलपुलेसा भए पुग्छ।

    विकासका विषयमा स्थानीय तहहरूबीच प्रतिस्पर्धा हुनु जरुरी रहेको नेता कोइरालाले उल्लेख गरे।