काठमाडौं– एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ।
उच्च अदालत पाटनले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको विभागले स्रोतले बतायो।
सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको विभागले जनाएको छ।