काठमाडौं– एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शिक्षा र स्वास्थ्यको व्यापारिकरण भइरहेको बताएका छन्।
आज (आईतबार) काठमाडौंमा आयोजना गरेको नेपालको ट्रेड युनियन आन्दोलनको उपलब्धी र चुनौतीहरु नामक पूस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपालले शिक्षा मुनाफा कमाउने माध्यमको रुपमा विकास भएको भन्दै असन्तुष्टि पोखे। ‘जसरी शिक्षा र स्वास्थ्यको व्यापारिकरण भईहरेको छ। मुनाफा कमाउने माध्यमको रुपमा प्रयोग गरिएको छ। समाजवादी मुलुकको बारेमा त कुरै नगरौं अन्य पुँजीवादी देशहरुमा जस्तो शिक्षाको अधिकार प्राप्त गरेका छन्। त्यो अधिकारबाट पनि बञ्चित हुने अवस्था नेपालमा छ। उनले भने।
उनले देश भित्रको आन्दोलनमा जसको भुमिका र विषेश छाप छोड्न सक्दैन उसले आफ्नो छुट्टै पहिचान निमार्ण गर्न नसक्ने बताए। आफ्नो पार्टीले शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्ने प्रयत्न गरिरहेको उनको भनाई छ।