नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको छ : उपेन्द्र यादव - Chaitanya News
  • 2026-05-02
  • 20:59:55
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको छ : उपेन्द्र यादव

    नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको छ : उपेन्द्र यादव

    काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन। आज (आइतबार) समाजवादी मोर्चा निकट विद्यार्थी संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उनले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताए।

    यस्तै उनले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताए। उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए। उनले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे।

    यादवले भने ‘‘हामीले राजतन्त्रलाई अन्त्य गर्‍यौँ। एकात्मक शासकीय प्रणालीलाई अन्त्य गर्‍यौँ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल त भयौँ। तर शिक्षा क्षेत्र ध्वस्त भएको छ। नेपालमा सबभन्दा अगाडि ध्वस्त भएको, सबभन्दा बढी बरबाद भएको, सबभन्दा बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ। चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस्। सरकारले लगानी गरेको स्कुलमा जानुस्। सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो। किन जानु त्यहाँ पढेर के हुन्छ? मान्छेलाई विश्वास पनि भएन यति ध्वस्त भइसकेको छ।