लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथमिकता आर्थिक विकासमा : मुख्यमन्त्री चौधरी - Chaitanya News
  • 2026-11-17
  • 01:09:21
  • सोमबार,मंसिर ०१, २०८३
  • लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथमिकता आर्थिक विकासमा : मुख्यमन्त्री चौधरी

    लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथमिकता आर्थिक विकासमा : मुख्यमन्त्री चौधरी

    दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशको पहिलो प्राथमिकता आर्थिक विकासमा भएको बताएका छन्। आज (आइतबार) नेपाल महिला संघ दाङले आयोजना गरेको सम्मान कायैक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले त्यही आर्थिक विकासको माध्यमबाट महिला तथा सिमान्तकृत समुदायको जिवन स्तर सुधार हुने पनि बताए।

    मुख्यमन्त्री चौधरीले युवा,महिला र सिमान्तकृत समुदायको आर्थिक बिकासका लागि प्रदेश सरकार लागि परेको बताए। भौतिक बिकास भन्दा आर्थिक बिकासलाइ जोड दिने प्रदेश सरकारको निती भएको भन्दै मुख्यमन्त्री चौधरीले घरघरमा कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्नेतर्फ लुम्बिनी प्रदेश सरकार लागेको भनाइ छ।

    ‘प्रदेश सरकारको पहिलो ध्यान आर्थिक विकासमा छ। हामीले सबै वर्ग तथा तहको लागि छुट्टा छुट्टै कार्यक्रम डिजाईन गरेका छौं’, उनले भने‘महिलाको लागी छुट्टै कार्यक्रम छ। दलितको लागी छुट्टै कार्यक्रम छ। युवा, किसान सबैको लागी फरक फरक कार्यक्रम बनाएका छौं।’

    थारु, दलित, बादी, जनजातिलगायतका समुदायको आयस्तर बृद्धिका लागि बजेट डिजाइन गरेको बताउदै मुख्यमन्त्रीचौधरीले उत्पादन र स्वरोजगार मूलक कार्यक्रमका लागि तयार रहन पनि आग्रह गरे।

    कार्यक्रममा स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्न प्रदेश सरकार लागि परेको बताए। जनताले निशुल्क रुपमाप्राप्त गर्ने स्वास्थ्य र शिक्षालाई जनताको पहुँचमा पुराउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।

    वाइट, राजु खनाल, स्वास्थ्यमन्त्री लुम्बिनीप्रदेश कार्यक्रमका सहभागिमहिलाहरुले मुख्यमन्त्रीतथा स्वास्थ्यमन्त्री समक्षमहिलाहरुको शसक्तीकरण र महिलाहरुको आर्थिक स्तरलाई सुधार गर्ने कार्यक्रमतत्काल सञ्चालन गर्न माग गरेका थिए।