काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्न माग गरेको छ। हालका प्रधान्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही २० साउनमा सकिँदै छ।
एक महिना अगाडि नै भावी प्रधानन्यायाधीशको सिफारिस भइसक्नुपर्ने भए पनि अहिलेसम्म संवैधानिक परिषद्सको समेत बैठक बस्न सकेको छैन।
बार एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश सिफारिस र अन्य न्यायाधिश नियुक्तिको प्रक्रिया सुरु गर्न प्रधानन्यायाधीश कार्कीको ध्यानाकर्षण गराएको हो। छिटो संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश सिफारिस गर्न बारको माग छ।
