काठमाडौँ– सेयर बजार आइतबार पनि घटेको छ। आइतबार नेप्से सूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा ओर्लिएको छ।
आज ‘क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.१७ अंकले घट्दै ३९९.६६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
२६ अंकमाथिले नेप्से सूचक घटेको यस दिन २ अर्ब ५० करोड रुपैयाँ बराबरको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ।
यसदिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन्। फाइनान्स समूहको उपसूचक २।३२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.०८ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.०७ प्रतिशतले घटेको छ। अन्य समूहहरूको उपसूचक २ प्रतिशत भन्दा कमले घटेका छन्।
लगातार चौथो दिन पनि घटेको ऋणात्मक बनेको छ। नेपाल स्टक एक्सचेन्जका साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.७१ अंकले घट्दै २१ सय २६.४८ अंकको विन्दुमा ओर्लिएको हो। सोमबार यता १०० सय अंकमाथिले नेप्से घटिसकेको छ।
२९ अंकले नेप्से घटेको बजारमा आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ।
१३ वटा उपसूचकहरू आज सबै ऋणात्मक भएका छन्।