भ्रष्टाचारका अरू फाइलहरु पनि खुल्नेवाला छन् : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-17
  • 01:02:36
  • सोमबार,मंसिर ०१, २०८३
  • भ्रष्टाचारका अरू फाइलहरु पनि खुल्नेवाला छन् : प्रधानमन्त्री प्रचण्ड

    भ्रष्टाचारका अरू फाइलहरु पनि खुल्नेवाला छन् : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरु फाइलहरु पनि खुल्ने बताएका छन। आज (आइतबार) ललितपुरको च्यासलमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भ्रष्टाचारविरुद्धको अभियान अघि बढ्दै जाने पनि बताएका छन्।

    उनले भने यो कुनै आवेग र ‘स्टन्ट’ नभएको पनि बताए। “कुनै आवेगको कुरा होइन। यो राजनीतिक स्टन्टको कुरा होइन।

    उनले आउँदा दिनमा अरू फाइल खोल्दै जाने उल्लेख गरे। “आउने दिनमा हेर्दैैैैै जानुहोला, अरू फाइल खुल्दै जानेवाला छन्,” उनले भने।

    जनता पनि साथमा भएपछि ‘ब्याटल’ जितिने उनको भनाइ छ । ब्याटलमा लामबद्ध हुन उनले आग्रह पनि गरे। नयाँ युगको परिकल्पना साकार पार्न सबैको साथ आवश्यक रहेको उनले बताए।

    सत्ता गठबन्धनमा फाटो ल्याउन समाजवादी मोर्चाका नेताहरूमा भ्रम सिर्जना गर्ने षड्यन्त्र भइरहेको जिकिर उनले गरे। एकार्कालाई विश्वास दिलाउँदै अघि बढ्ने उनले स्पष्ट पारे।