काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद बैठकमा जानु अघि प्रत्येक दिन रास्वपा संसदीय दलको बैठक बस्ने बताएमा छन। संसद बैठक जानुअघि संसदीय दलको बैठक बस्ने अभ्यास सुरु भएको प्रमुख सचेतक परियारले बताए।
उनले भने, ‘संसद् बैठक बस्ने दिनमा बैठकमा जानुभन्दा अगाडि आपसमा छलफल गर्ने अभ्यास सुरु गरेका छौं।’ परियारका अनुसार संसदीय दलको बैठकमा सम्बन्धित दिनको संसद् बैठकका एजेण्डामाथि छलफल हुने छ।
संसदीय दलको बैठक संसद् भवन बानेश्वर वा दलको कार्यालय सिंहदरबारमा बस्ने उनको भनाइ छ। ‘पार्टी सभापतिज्यूले बैठकको विषय वस्तुमाथि छलफल गरेर संसदमा जानुप¥यो भन्नुभयो। साउन १० गते पनि बैठक बसेको थियो। भोलि पनि बैठक बस्छौं ,’ परियालले भने।
असार ३१ मा बसेको प्रतिनिधिसभा बैठकमा प्रक्रिया नबुझेर बेल घेराउमा उत्रिएको रास्वपा पूर्वतयारी गरेर मात्र अब बैठकमा प्रस्तुत हुन लागेको देखिन्छ।