एमालेको रकममा प्रचण्ड चलेको छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-17
  • 01:12:52
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेको रकममा प्रचण्ड चलेको छ : अध्यक्ष ओली

    एमालेको रकममा प्रचण्ड चलेको छ : अध्यक्ष ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको रकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चलेको आरोप लगाएका छन। आज (शुक्रबार) जनसंगठन संमन्वय संयत्रको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुन नसकेको बताए।

    यस्तै उनले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए।

    माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ ओलीले भने, ‘हामीले छुट्टै भेला गरेनौं। प्रचण्डले आफ्नो पार्टी जिवितै राखे। बैठक गरे।’

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए।

    ‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन्। एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रुकम खाए, पिए, सबै गरे’ ओलीले भने।

    प्रचण्डले माओवादीको पार्टी कार्यालय समेत जिवितै राखेको ओलीको भनाइ थियो।

    पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।