कोशी प्रदेशका सभामुखले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्छ : महामन्त्री शर्मा - Chaitanya News
  • 2026-11-17
  • 05:07:44
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेशका सभामुखले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्छ : महामन्त्री शर्मा

    कोशी प्रदेशका सभामुखले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्छ : महामन्त्री शर्मा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनुपर्ने बताएका छन्।
    उनले सभामुख गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताए।

    सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले प्रश्न गरे, ‘जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महशुस गर्छौ भने सभामुखले महशुस गर्नुपर्दैन?

    सभामुखको पदमा अब बस्न हुँदैन भनेर गौतमको अन्तरआत्माले भन्नुपर्ने शर्मा बताउँछन्।

    सत्ता गठबन्धनबाट कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बनाउँदा बहुमत संख्या पुर्‍याउनका लागि गौतमले हस्ताक्षर गरेका थिए। ‘अस्थिरता नहोस् भनि उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारबिहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्दछ,’ शर्माले भने।

    भूमिका परिवर्तन गरि सरकारविहिनतालाई गौतमले साथ दिनुपर्ने शर्माको तर्क छ।

    गौतमले सभामुखबाट राजीनामा गरेर हस्ताक्षर गरेपछि सत्ता गठबन्धनलाई बहुमतका लागि ४७ जना पुग्दछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी बिना सत्ताघटकलाई बहुमत पुर्‍याउन गौतमलाई राजीनामा गराउनु मात्रै विकल्प छ।