पशु सेवा विभाग अन्तर्गतका २० वटा सरकारी कार्यालयले दिने सेवा बन्द - Chaitanya News
  • 2026-05-26
  • 10:38:43
  • मंगलबार,जेठ १२, २०८३
  • पशु सेवा विभाग अन्तर्गतका २० वटा सरकारी कार्यालयले दिने सेवा बन्द

    पशु सेवा विभाग अन्तर्गतका २० वटा सरकारी कार्यालयले दिने सेवा बन्द

    काठमाडौँ–पशु सेवा विभाग अन्तर्गतका २० वटा सरकारी कार्यालयले दिने सेवा आजदेखि बन्द भएको छ।

    कृषि तथा पशुपंछी विकास मन्त्रालयमा हिजो (बिहीबार) बसेको सचिवस्तरीय बैठकले बजेट अभावका कारण सेवा दिन नसक्ने निर्णय गरेको हो।

    ती कार्यालयमा कार्यरत ३ सय ५० भन्दा बढी सरकारी कर्मचारी कामविहीन भएका छन्।

    तत्काललाई ८ वटा पशु क्वारेनटाइन, केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, ५ पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग इकाई कार्यालय बजेट अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेका हुन्।

    त्यसैगरी खोरेत तथा सिमाविहीन रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला र राष्ट्रिय पशुपंछी रोग अन्वेषण प्रयोगशालाहरूको सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो।

    ती कार्यालयहरूको सेवा बन्द बन्द गरिँदा नेपालमा उत्पादन भइरहेका १३ प्रकारको खोपको उत्पादनसमेत प्रभावित हुने र करोडौँको खोप खेर जाने सम्बन्धित कार्यालयका कर्मचारीको भनाइ छ।