काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदको निर्वाचन खर्च साढे २१ लाख ५९ हजार भएको छा आज (शुक्रबार) उनले गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेका छन्।
उनले ्विटरमा लेखेका छन् मैले निर्वाचन आयोगमा २०७९ मंसिर २५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ। बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनुपर्ने रहेछ। यस अघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीसँगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको छु,
निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेपछि उनले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका हुन्।
निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उमेदवारी दिने दुई हजार ४०० भन्दाबढीलाई यसैसाता कारबाही स्वरुप जनही १५ हजार रुपैयाँ जरिबाना गरेको थियो।