काठमाडौँ – मिटरब्याजी समस्या समाधानका लागि सरकारले कानुन राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको छ।
पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
बिहीबार राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेका हुन्।
अध्यादेशको प्रतिस्थापनका रुपमा विधेयक ल्याएपछि असार २० गतेभित्र पारित नहुँदा विधेयकको प्रकृति नै परिवर्तन गरेर प्रतिनिधिसभाले पारित गरेको थियो। उक्त विधेयकलाई राष्ट्रियसभाले अनुमोदन गरेर बिहीबार प्रमाणिकरणका लागि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाकाले राष्ट्रपति समक्ष पठाएका थिए।
शुक्रबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणिकरण गरेका हुन्।
विधेयक प्रमाणिकरण भएसँगै मिटरब्याजी समस्या समाधान समाधान गर्न कानुनी बाटो खुलेको छ।
