विश्वासको वातावरण नहुँदा मुलुकमा पर्याप्त लगानी भित्रिन सकेन : बद्री पाण्डे - Chaitanya News
  • 2026-05-26
  • 10:39:39
  • मंगलबार,जेठ १२, २०८३
  • विश्वासको वातावरण नहुँदा मुलुकमा पर्याप्त लगानी भित्रिन सकेन : बद्री पाण्डे

    विश्वासको वातावरण नहुँदा मुलुकमा पर्याप्त लगानी भित्रिन सकेन : बद्री पाण्डे

    काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकमा लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन्।

    आज (बिहिबार)नेपाल सार्वजनिक सेवा कर्मचारी संघले बिहीबार भक्तपुरमा आयोजना गरेको सार्वजनिक तथा निजी क्षेत्र श्रम बजार अधिकार, चुनौती र आगामी कार्यदिशा विषयक कार्यशाला गोष्ठीमा बोल्दै पाण्डेले विश्वासको वातावरण नहुँदा मुलुकमा पर्याप्त लगानी भित्रिन नसकेको र स्वदेशमा पनि पुँजी परिचालन हुन नसकेको भन्दै लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन्।

    स्वदेशमा लगानी गर्ने, नागरिकलाई स्वदेशमा नै अवसर प्रदान गर्ने लगायतका विषयमा ठूलो दलको हैसियतले कांग्रेस जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। पाण्डेले नीति महाधिवेशनले गर्ने कामहरू गर्ने गरी महासमितिको बैठक बोलाइएको भन्दै विभिन्न नीति पारित गर्दै पार्टीलाई आन्तरिक रूपमा नै बलियो बनाउनुपर्ने धारणा राखे।​

    उनले पार्टीलाई सही दिशा दिँदै तीनै तहको सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।