काठमाडौं– राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागतयोग्य रहेको बताएका छन। उनले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असम्बैधानिक रहेको ठहर गर्ने सर्वोच्चको फैसलालाई स्वागतयोग्य रहेको बताएका हुन्।
उनले सर्वोच्चको फैसलालाई सम्मान गर्दै थप छलफलका माध्ययमबाट अगाडि बढ्ने बताए।
बिहीबार सर्वोच्च अदालतले मुख्यमन्त्रीमा थापाको नियुक्ति रद्द गरिदिएको हो। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गरिदिएको हो।