काठमाडौँ– आज (बिहिबार) सेयर बजार २९.७१ अंकले घटेकोे छ।
नेपाल स्टक एक्सचेञ्जका साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.७१ अंकले घट्दै २१ सय २६.४८ अंकको विन्दुमा ओर्लिएको हो।
सोमबार यता १०० सय अंकमाथिले नेप्से घटिसकेको छ।
२९ अंकले नेप्से घटेको बजारमा आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ।
१३ वटा उपसूचकहरु आज सबै ऋणात्मक भएका छन्।