बागमती प्रदेशमा गाडी भाडा घट्यो (सुचिसहित) - Chaitanya News
  • 2026-05-27
  • 21:31:17
  • बुधबार,जेठ १३, २०८३
  • बागमती प्रदेशमा गाडी भाडा घट्यो (सुचिसहित)

    बागमती प्रदेशमा गाडी भाडा घट्यो (सुचिसहित)

    काठमाडौंं– बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ।

    नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो।

    बागमती प्रदेश अन्तर्गत श्रम,रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन ९ट्रक०मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ।

    मालबाहक सवारीमा प्रतिकिमि प्रतिटनको भाडा १४ रुपैयाँ १९ पैसा घटेको छ। जस अनुसार अबको भाडा १३ रुपैयाँ ७४ पैसा लाग्ने छ।

    यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ।

    उक्त भाडादरमा १५ केजीसम्म यात्रुलै निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ।

    भाडादर समायोजन भएसँगै काठमाडौंबाट सबैभन्दा लामो दुरी धुलिखेल–खुर्कोट– मन्थली–तामाकोशी हुँदै जिरीसम्मको भाडा २३ रुपैयाँले घटेको छ। अब कामाडौंदेखि जिरीसम्म पुग्न ९ सय ८६ रूपैयाँ लाग्ने छ। यसअघि जिरीसम्मको भाडा १ हजार ९ रुपैयाँ थियो।

    भाडा सूचीः