काठमाडौं उपत्यकामा गाडी भाडा घट्यो - Chaitanya News
  • 2026-07-14
  • 06:39:26
  • मंगलबार,आषाढ ३०, २०८३
  • काठमाडौं उपत्यकामा गाडी भाडा घट्यो

    काठमाडौं उपत्यकामा गाडी भाडा घट्यो

    काठमाडौं– काठमाडौं उपात्यकामा सार्वजनिक गाडी भाडा घटेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले भाडा घटेको बताए।

    उनले भने, ‘लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ। केहीबेरमा राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुने छ। सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो। पेट्रोलिय पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो।
    यसअघि नै यातायात मन्त्रालायले पनि घाडा घटाएको थियो।