कुमारी बैंक लिमिटेडका दुई नयाँ शाखा विस्तार - Chaitanya News
  • 2026-05-26
  • 09:25:11
  • मंगलबार,जेठ १२, २०८३
  • कुमारी बैंक लिमिटेडका दुई नयाँ शाखा विस्तार

    कुमारी बैंक लिमिटेडका दुई नयाँ शाखा विस्तार

    काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गरेको छ।

    बागमती प्रदेशस्थित काठमाडौं वडा नं १४ मा रहेको कुलेश्वर तथा वडा नं ४ मा रहेको धुम्बाराही शाखाहरु बुधवारदेखि सञ्चालनमा ल्याएकोे हो।

    बैंकले ती क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखाहरु विस्तार गरेको जनाएको छ।
    बैंकले आगामी दिनमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ।

    विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

    बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।