समय सीमाभित्रै बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थमन्त्री महतको निर्देशन - Chaitanya News
  • 2026-05-26
  • 09:25:47
  • मंगलबार,जेठ १२, २०८३
  • समय सीमाभित्रै बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थमन्त्री महतको निर्देशन

    समय सीमाभित्रै बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थमन्त्री महतको निर्देशन

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयन तोकिएको समयसीमा अनुसार नै गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएका छन।

    आज (बुधबार) नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई अर्थमा डाकेर यस्तो निर्देशन दिएका हुन्। यस्तै उनले १५ साउनबाट समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिए।

    छलफलमा मन्त्री डा. महतले डीपीआर भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रकृया अगाडि बढाउन निर्देशन दिए। डीपीआरको मात्र बजेट माग्ने वा प्राथमिकता प्राप्त आयोजना भए डीपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोही अनुसार कार्यान्वयन गर्न समेत उनले निर्देशन दिएका छन्। उनले भने, ‘कात्तिकभित्र ठेक्का लगाउनैपर्छ।

    कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको स्वीकार गर्दै उनले ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा ल्याउन समेत निर्देशन दिए। एक महिनाभित्र आएको बिल अर्थ मन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउने उनको प्रतिवद्धता छ। उनले भने, ‘अब असारमा खर्च हुँदैन।

    काम भइसकेर दायित्व सिर्जना भएको भए भुक्तानी पाउनुपर्ने उनको भनाइ छ। मन्त्री डा. महतले धेरै ठूलो आवश्यकताको बीचमा सीमित स्रोतमा काम गर्दैछौं भन्ने विषय नबिर्सन समेत निर्देशन दिए।

    स्रोत सुनिश्चिता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्री डा. महतले निर्देशन दिए। अर्को वर्षको बजेटका लागि अहिलेदेखि नै तयारी गर्न निर्देशन दिँदै मन्त्री डा। महतले भने, ‘आवश्यकता नभएको आयोजनालाई हटाइदिनुस्।