काठमाडौँ — नेपाली कांग्रेसले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई कारबाही गर्न माग गरेको छ। केन्द्रीय कार्यसमितिको बैठकको अन्तिम दिन आज (बुधबार) पारित प्रस्तावमा सुन तस्करीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरिएको हो।
सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि उच्चस्तरीय छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेको छ।
कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा १५ बुँदे प्रस्ताव पारित गरेको छ। साउन २ गतेबाट सुरु भएको समितिको बैठक बुधबार सभापति शेरबहादुर देउवाले प्रश्नको जवाफ दिएपछि सकिनेछ ।