काठमाडौं– जसपाका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्ता दिनेश कुमार थपलियाले माफी नमागे महाअभियोग लगाउनु पर्ने बताएका छन्। आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
निर्वाचन आयोगले मंगलबार २४ सय ३५ उम्मेदवारलाई जरिवाना लगाएको थियो।
प्रमुख आयुक्त थपलियाले माफी माग्नुपर्ने माग गर्दै उनले भने, ‘कानुनको आफैँ व्याख्या गरेर चरित्र हत्या गर्न खोजिएको छ। यो खेदजनक छ। प्रमुख आयुक्तलाई माफी माग्न अनुरोध गर्दछु। अन्यथा आयुक्तलई मानहानिको मुद्दा र महाअभियोग लगाउनुपर्छ,’ उनले भने।