क्वीन्टल सुन सेटिङमा आएको हो, दोषीलाई कारबाही नगरी कर्मचारी सरुवा गरेर टाल्न पाइन्छ? : रवि लामिछाने - Chaitanya News
  • 2026-11-17
  • 01:56:33
  • सोमबार,मंसिर ०१, २०८३
  • क्वीन्टल सुन सेटिङमा आएको हो, दोषीलाई कारबाही नगरी कर्मचारी सरुवा गरेर टाल्न पाइन्छ? : रवि लामिछाने

    क्वीन्टल सुन सेटिङमा आएको हो, दोषीलाई कारबाही नगरी कर्मचारी सरुवा गरेर टाल्न पाइन्छ? : रवि लामिछाने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्वीन्टलका क्वीन्टल सुन सेटिङमा आएको बताएका छन। आज (बुधबार) संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले दोषीलाई कारबाही नगरी कर्मचारीलाई सरुवा गरिएको आरोप लगाएका छन्।

    उनले भने, ‘क्वीन्टलका क्विन्टल सुन आउनमा जनताले अचम्म मनेका छैनन्। वर्षौंदेखिको सेटिङमध्येको अर्को घटना आएको हो। जब यस्ता घटना आउँछन्, तब कर्मचारीको सरुवा हुन्छ। सरुवा कारबाही गरिएको हो कि पुरस्कार गरिएको हो?

    विभिन्न निकायका प्रमुखलाई बर्खास्त गरेर अनुसन्धान गर्न उनले गृहमन्त्रीलाई आग्रह गरे। ‘क्वीन्टलका क्वीन्टल सुन आउने विषयमा विभिन्न निकायमा प्रमुखलाई बर्खास्त गर्नुपर्ने हो। केही कर्मचारी सरुवा गरेर टाल्न पाइँदैन,’ उनले भने।