काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा मुख्य नाइकेसम्म छानबिन नभइ अनसन बस्ने चेतावनी दिएका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे संसद्मा गृहमन्त्रीको जवाफ मागिरहँदा सत्तारुढ दलकै सांसदले मुख्य नाइके पक्राउ नगरे संसदमै अनसन बस्ने चेतावनी दिएका हुन्।
उनले भने ‘‘पहाडको गरिब भरियालाई मात्र जेलमा हाल्ने र मुख्य नाइकेलाई छोड्छु भन्छन् भने म सांसदभित्रै आमरण अनसन बस्ने घोषणा गर्छु।
शर्माले अनुसन्धानका लागि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरे। यात यति दिनभित्र मुख्य नाइके समाउँछु भन्नुपर्यो नत्र पदबाट राजीनामा दिनुपर्यो,” उनले भने।