सुनको वास्तविक मालिक पक्राउ गर्न रघुजी पन्तको माग - Chaitanya News
  • 2026-11-17
  • 01:55:48
  • सोमबार,मंसिर ०१, २०८३
  • सुनको वास्तविक मालिक पक्राउ गर्न रघुजी पन्तको माग

    सुनको वास्तविक मालिक पक्राउ गर्न रघुजी पन्तको माग

    काठमाडौ– नेकपा (एमाले) का नेता रघुजी पन्तले पछिल्लो समय पक्राउ परेको सुनको वास्तविक मालिक पक्राउ गर्न माग गरेका छन्।बुधबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनलेयस्तो बताएका हुन्। यस्तै उनले सुन प्रकरणमा गम्भीरतापूर्वक छानविन गर्न आवश्यक रहेको पनि बताएका छन।

    ‘पछिल्लो समय सुन पक्राउ गरेको छ। यसको गम्भीरतापूर्वक छानविन हुनुपर्छ। भरियाहरुभन्दा पनि सुन ल्याउने मुख्य मान्छे को हो? त्यसको जडसम्म पुग्नुपर्छ। पक्राउ गरेर सुन तस्करीको प्रक्रियामा जो–जो सामेल छन् कारबाही गर्नुपर्छ। काम चाहिँ नगर्ने, मन्त्रीहरु ठूला–ठूला कुरा गर्दै हिँड्ने? त्यो चाहिँ भएन, दोषी पत्ता लाग्नुपर्यो,’– उनले भने।