एमालेका कारण संसद् बैठकको समय एक घन्टाका लागि सारियो - Chaitanya News
  • 2026-11-17
  • 01:55:53
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेका कारण संसद् बैठकको समय एक घन्टाका लागि सारियो

    एमालेका कारण संसद् बैठकको समय एक घन्टाका लागि सारियो

    काठमाडौं– एमाले संसदीय दलको बैठकका कारण प्रतिनिधिसभाको बैठक एक घन्टाका लागी सरिएको छ। (बुधबार) दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक एक घन्टा पछि सारिएको संसद् सचिवालयले बताएको हो।

    आजको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने जनाउ दिएको छ। संसदीय दलको बैठकमा यसबारे एमालेले निर्णय लिने बताइएको छ।

    विमानस्थलको भन्सारबाट एक क्विन्टल जाँचपास भएर बाहिरिनुमा कर्मचारीको मात्र संलग्नता नभएको र मन्त्री पनि जिम्मेवार रहेकाले सरकारको धारणा मागिने एमाले प्रमुख सचेतक पदम गिरीले बताए।

    हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सय किलो बढी सुन बरामद भएको थियो। अवैध सुन भन्सार जाँचपासमा संलग्न कर्मचारीसहित अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्।