बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-05-26
  • 09:24:47
  • मंगलबार,जेठ १२, २०८३
  • बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौ –  नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ।

    अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।