कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज सकिंदै - Chaitanya News
  • 2026-11-17
  • 01:55:43
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज सकिंदै

    कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज सकिंदै

    काठमाडौं –  नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ ।

    साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ । मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।

    पदाधिकारी बैठकले तयार पारेको निर्णय दिउँसो ४ बजे बस्ने केन्द्रिय कार्यसमितिको बठकले पारित गर्नेछ । कांग्रेसले आगामि मंसिरमा नीति महाधिवेशन गर्ने विषयमा भने समझदारी जुटाएको छ । पार्टी महाधिवेशनको ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन डेढ वर्षसम्म पनि हुन सकेको थिएन ।

    महामन्त्री गगन थापाले प्रस्तुत गरेको एक वर्षे कार्यायोजना र २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्तावबारे नेताहरुबिच सहमति जुट्न सकेको छैन ।