बेइजिङ– चिनियाँ विदेशमन्त्री छिन गाङ बर्खास्त भएका छन। चीन सरकारले विदेशमन्त्री छिन गाङलाई बर्खास्त गरेको हो।
चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले गाङलाई चीन सरकारले बर्खास्त गरेको जनाएको हो। चीनको सिन्हवा समाचार संस्थाले गाङलाई बर्खास्त गरिएको जनाएको हो।
्
चीनको संसदले उनलाई बर्खास्त गर्ने विषयमा मतदान गरेको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ। उनको स्थानमा पूर्वविदेशमन्त्री वाङ यीलाई नयाँ विदेशमन्त्री नियुक्त गरिएको छ।
सन् २०२२ सम्म चीनको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका वाङ हाल सत्तारुढ कम्युनिष्ट पार्टीको विदेश विभाग शाखाका निर्देशकका रुपमा कार्यरत रहेका छन्।
यसअघि गाङ विगत एक महिनादेखि बेपत्ता रहेको बताइएको थियो। उनी एक जना टेलिभिजन प्रस्तोतासँग प्रेम सम्बन्धमा रहेको समाचार सार्वजनिक भएको थियो।