केन्द्रीय समितिको बैठक आराप प्रत्यारोपमा सीमित भयो : शेखर कोइराला - Chaitanya News
  • 2026-11-17
  • 02:06:30
  • सोमबार,मंसिर ०१, २०८३
  • केन्द्रीय समितिको बैठक आराप प्रत्यारोपमा सीमित भयो : शेखर कोइराला

    केन्द्रीय समितिको बैठक आराप प्रत्यारोपमा सीमित भयो : शेखर कोइराला

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठक आराप प्रत्यारोपमा सीमित भएको बताएका छन्। आरोप प्रत्यारोप किन कसरी भयो बारे विषयमा प्रवेश गर्न नचाहने उनले बताए।

    बीपीको ४१ औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा नेता कोइरालाले बैठक लाइभ गर्दा असजिलो महसुस भएको बताए।

    ‘फेसबुक लाइभ गर्‍यौं कतिलाई राम्रो लाग्यो होला कतिलाई नराम्रो लाग्यो होला। म राम्रो नराम्रो अहिले भन्न सक्दिन’, कोइरालाले भने,‘म जस्तो व्यक्तिलाई अलि असजिलो लाग्यो । केन्द्रीय समिति बैठक भनेपछि कतिपय कुरा बैठकभित्रै राख्नुपर्ने हुन्छ। बाहिर आउनु हुदैन।’

    संस्थापनइतर पक्षका नेताहरु सहभागी कार्यक्रममा महामन्त्री गगन थापा भने उपस्थित भएनन्।

    आफू र गगन बसेर छलफल गरेर नै मंगलबारको कार्यक्रम तय गरिएको कोइरालाले बताए। बुधबार सकिने केन्द्रीय समितिको बैठकको निर्णय मस्यौदा गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल राखेकाले गगन आउन नसकेको कोइरालाले बताए।