सेयर बजार ३६.१९ अंकले घट्यो - Chaitanya News
  • 2026-05-26
  • 09:25:50
  • मंगलबार,जेठ १२, २०८३
  • काठमाडौँ — सेयर बजार ३६.१९ अंकले घटेको छ। सो अंकको कमीपछि परिसूचक २१६४ अंकमा कायम भएको छ। परिसूचक घट्दा कारोबार रकम पनि खुम्चिएको छ। हिजो ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज २ अर्ब ९१ करोडमा खुम्चियो।

    कुल ३२ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ९ को स्थिर रहृयो। यस दिन होटलबाहेकका सबै उपसमूह घटेका छन्। होटल उपसमूह भने ७२ अंक बढ्यो बैंकिङ ३७, विकास बैंक ८६, फाइनान्स ३६, जलविद्युत् २६, जीवन बीमा १७६, उत्पादन १३, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा १११, अन्य २७ र व्यापार उपसमूह ३ अंक घटे।

    किसान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। सिटी होटलको ७।७, रिभर फल्सको ६.३ र युनिलिभरको ५।९ प्रतिशत मूल्य बढ्यो। बीपीडब्लु लघुवित्तको सबैभन्दा धेरै ५.२ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक र कुमारी बैंक क्रमशः अगाडि रहे।