काठमाडौं– जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक बोलाएको गरेको छ।
पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवका अनुसार बैठक यही साउन १८ गतेका लागि आह्वान गरिएको छ।
समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको बैठक आह्वान गरिएको उनले जानकारी दिए।