दोषीलाई कानुनी दायरामा ल्याउँछौँँ : गृहमन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-11-17
  • 02:06:15
  • सोमबार,मंसिर ०१, २०८३
  • दोषीलाई कानुनी दायरामा ल्याउँछौँँ : गृहमन्त्री श्रेष्ठ

    दोषीलाई कानुनी दायरामा ल्याउँछौँँ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूला साना केहिपनि नभनी अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताएका छन्।

    मङ्गलबार उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तोे बताएका हुन्। यस्तै उनले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याएरै छोड्छौ।

    तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु । दोषीलाई कुनै पनि हालतमा उम्कन दिइदैन,’ श्रेष्ठले भने