बाढीले गुडिरहेको स्कारपियो बगायो - Chaitanya News
  • 2026-11-18
  • 17:40:31
  • बुधबार,मंसिर ०३, २०८३
  • बाढीले गुडिरहेको स्कारपियो बगायो

    बाढीले गुडिरहेको स्कारपियो बगायो

    बुटवल– दाङमा खोलामा आएको बाढीले स्कारपियो बगाएको छ। तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको हो।

    स्कारपियोमा चालक मात्र थिए। उनको स्थानीयको सहयोगमा उद्वार भएको छ । स्कारपियो भने अहिले पनि खोलामै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाई छ।

    यस्तै निरन्तरको वर्षाले नदी र खोलानालाहरुमा बाढी आउँदा दाङ देउखुरी उपत्यकाका बस्तीहरु डुबानमा परेका छन्। देउखुरीको राप्ती नदी र आसपासका खोलाहरुका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका र राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरु डुबानमा परेका हुन्।