काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूलाई गाली गरेर खुइल्याउने काम नगर्न आग्रह गरेका छन्।
आज (आइतबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। यस्तै उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्ने कुरा कसैले पनि कहीबाट गर्न नहुने उनले बताए।
आपसमा गालीगलौज नगरी एकताबद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले बताए। पार्टीभित्र अनुशासनको आवश्यकता रहेको उनको जोड थियो।
एक चित्तले पार्टी संगठनमा लाग्नुपर्ने भन्दै उनले नेपाली कांग्रेसलाई कसैले रिप्लेस गर्न नसक्ने जिकिर गरे। पार्टीभित्र मतभिन्नताहरू भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने उनको भनाइ थियो।