क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन : शशांक कोइराला - Chaitanya News
  • 2026-11-17
  • 02:18:53
  • सोमबार,मंसिर ०१, २०८३
  • क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन : शशांक कोइराला

    क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन : शशांक कोइराला

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन्।

    आज (आइतबार) केन्द्रीय समिति बैठकमा बोल्दै उनलेयस्तो बताएका हुन्। यस्तै उनले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा पनि व्यक्त गरे। कोइरालाले कांग्रेसको नीति ठीक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताए। उनले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताए।

    कोइरालाले केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने पनि बताए।

    ‘हामीले कस्तो किसिमको क्रियाशील दिँदैछौँ? केन्द्रबाट दिँदैछौँ, हामीले वडा, टोलबाट दिइरहेका छौ कि? क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन। जबसम्म भित्रबाट लाग्दैन कि काँग्रेसको नीति ठीक हो भनेर। तसर्थ बढाउनतर्फ नलागौँ। राम्रो मान्छे चुनेर मात्रै गरौँ,’ उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिले पनि अब विकेन्द्रीकरण गर्नुपर्‍यो। सबैभन्दा महत्वपूर्ण जिल्ला सभापतिहरू भन्दापनि वडा अध्यक्षहरू हुन्। हामी केन्द्रमा बसेर भन्छौँ फलानोलाई टिकट दिनुपर्‍यो भनेर। वस्तुस्थिति हामीलाई थाहा हुँदैन। त्यहाँको को व्यक्ति उपयुक्त हो रु कसले समाजमा प्रतिष्ठा बोकेको छ? कसले एउटा दिशा दिनसक्छ? केन्द्रमा बसेर निर्णय गर्ने यो ठीक भएन।

    कोइरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताए। पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उनले सत्तामा जाने मात्र होइन रुपान्तरण गर्नुपर्नेमा जोड दिए। कोइरालाले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताए।