काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले केही दलले आर्मी माथि आक्रमण गरेको बताएका छन्। आज (आइतबार) केन्द्रीय समितिको बैठकलाइ सम्बोधन गर्दैयस्तो बताएका हुन्। यस्तै उनले सत्ता नपाएर उनीहरु तिल्मिलाएको आरोप लगाए।
विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको उनले बताए। ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ साउदले भने।
असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले बताए। सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको उनले दाबी गरे।
पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन साउदले अदालतको विचाराधिन मुद्धामा बोल्नुपर्ने अवस्था नरहेको बताए। ‘अदालतको निर्णय पनि हामीले पर्खनुपर्दछ। पार्टीमा १, २, ३ जनाको कुरा मात्रै होइन । पत्रिकाले लेखेको कुराको आधारमा पार्टीलाई हित गर्दैन,’ साउदले भने।
पार्टीमा २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको बताए।