सुन तस्करीका मुख्य दोषीलाई पक्राउ गर्न माग गर्दै युवा संघको प्रदर्शन - Chaitanya News
  • 2026-11-17
  • 02:18:48
  • सोमबार,मंसिर ०१, २०८३
  • सुन तस्करीका मुख्य दोषीलाई पक्राउ गर्न माग गर्दै युवा संघको प्रदर्शन

    सुन तस्करीका मुख्य दोषीलाई पक्राउ गर्न माग गर्दै युवा संघको प्रदर्शन

    काठमाडौँ — नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी काण्डमा साना भरियाहरुलाई मात्र पक्राउ गरेर मुख्य दोषीलाई उन्मुक्ति दिने प्रपन्च रचिएको आरोप लगाउँदै मसाल जुलुससहित प्रदर्शन गरेको छ।

    आज (शुक्रबार) साँझ मुख्य योजनाकारलाई उन्मुक्ति दिने प्रपन्च रचिरहेको भन्दै युवा संघले सबैलाई कानुन बराबर हुनपर्ने माग गरेको छ।
    नयाँ बानेश्वरस्थित कार्यालयबाट युवा संघका नेता तथा कार्यकर्ताहरूले मसाल जुलुस निकालेका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय केजी सुन तस्करी भएपछि गत मंगलबार, बुधबार र बिहीबार गरी १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

    तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक साथै आठ नेपाली गरी १० जना पक्राउ परेका छन्। तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ।

    एमालेको भ्रातृ संगठन युवा संघले भने सरकारले तस्करीका मुख्य नाइकेलाई बचाउन खोजेको आरोप लगाउँदै प्रहर्न गरेको हो।