जनताका आवश्यकतालाई सम्बोधन हुनेगरि कानुन र सरकार निर्माणमा संसदको महत्त्वपूर्ण भूमिका : सभामुख घिमिरे - Chaitanya News
  • 2026-11-17
  • 02:18:33
  • सोमबार,मंसिर ०१, २०८३
  • जनताका आवश्यकतालाई सम्बोधन हुनेगरि कानुन र सरकार निर्माणमा संसदको महत्त्वपूर्ण भूमिका : सभामुख घिमिरे

    जनताका आवश्यकतालाई सम्बोधन हुनेगरि कानुन र सरकार निर्माणमा संसदको महत्त्वपूर्ण भूमिका : सभामुख घिमिरे

    काठमाडौँ– सभामुख देवराज घिमिरेले कानुन र सरकार निर्माणमा संसदको महत्त्वपूर्ण भूमिका रहेको कताएका छन। आज शुक्रबार) चन्द्रागिरिमा सुरु भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले संघियता बलियो बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। सभामुख घिमिरेले जनताका आवश्यकतालाई सम्बोधन हुनेगरि कानुन र सरकार निर्माणका लागि संघ र प्रदेश संसदको महत्त्वपूर्ण भूमिका रहेको बताए।

    देशका सातवटै प्रदेशका सभामुख र उपसभामुख सहित सहभागी भएको कार्यक्रममा बोल्दै उनले अहिले जनताका आवश्यकता पूरा नभएकोले संघियता आवश्यक थिएन कि भन्ने बहज सिर्जना भएकोले संघ र प्रदेशले काम गर्न नसक्नुका कारण र समस्या पहिचान गरी त्यसलाई हल गर्न राजनीतिक दल र सरकारको भूमिका महत्वपूर्ण हुने बताए। त्यसबारे भेलाले निचोड निकाल्ने विश्वास समेत व्यक्त गरे।

    सभामुख, उपसभामुख लगायत सहभागी सो भेलाले उपयुक्त खालका विधेयकलाई अघि बढाएर कानुन निर्माण गर्न र कानुन लागू गर्न सरकारलाई निर्देशन दिने बिषयमा छलफल केन्द्रीत हुने विश्वास पनि सभामुख घिमिरेले व्यक्त गरे। संघ र प्रदेशसभाको अनुभव आदान प्रदानको कार्यक्रम यहि साउन ७ गतेसम्म चल्नेछ।