काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेताहरूले भाषण सुनाएर संगठन विस्तार नहुने बताएका छन्। आज (शुक्रबार)केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले युवालाई पुरानो भाषण सुनाएर संगठन विस्तार नहुने बताए।
‘एक सयपटक तपाईंहरूको भाषण सुनाएर, मेरो भाषण सुनाएर संगठन विस्तार हुँदैन,’ उनले भने, ‘अब हाम्रो संगठनको लक्ष्य क्षेत्र युवा विद्यार्थी हुनुपर्छ। अहिले ८ कक्षामा पढ्ने विद्यार्थी चार वर्षमा १२ मा पुग्छ। उसका लागि योजना बनाऔँ।
उनले समानुपातिक, राष्ट्रियसभा, राजनीतिक नियुक्ति र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दोहोर्याएर अवसर दिन नहुने बताए।
‘अब हामी समानुपातिक र राष्ट्रियसभा कसैलाई दाहोर्याएर दिदैनौँ भनेर यो मिटिङबाट पास गरौँ। पोलिटिकल अपोइन्मेन्ट र पालिका प्रमुख र उपप्रमुख दोहोर्याएर नदिने निर्णय यो मिटिङले गर्नुपर्छ। किनभने पुरानो पार्टी हो धेरै नेतृत्वमा जान चाहन्छन्,’ उनले भने।