ग्लोबल टी–२० : सन्दीप र दीपेन्द्र एकअर्काविरुद्ध खेल्दै - Chaitanya News
  • 2026-06-06
  • 19:00:20
  • शनिबार,जेठ २३, २०८३
  • ग्लोबल टी–२० : सन्दीप र दीपेन्द्र एकअर्काविरुद्ध खेल्दै

    ग्लोबल टी–२० : सन्दीप र दीपेन्द्र एकअर्काविरुद्ध खेल्दै

    काठमाडौं– ग्लोबल टी–२० क्यानडा लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एकअर्काविरुद्ध खेल खेल्दैछन्।

    सन्दीपआबद्ध सरे जगवार्स तथा दीपेन्द्र मोन्ट्रियल टाइगर्सबाट शनिबार बिहान सवा १ मा क्यानडाको ब्रम्प्टनमा एकअर्काविरुद्ध खेल्न लागेका हुन्।

    सन्दीपले पहिलो खेलमै प्लेइङ–११ मा मौका पाउने सम्भावना उच्च छ। उनीआवद्ध टोलीमा लिटन दास, एलेक्स हेल्स, बेन कटिङ, मोहम्मद हरिस, इफ्तिखार अहमदलगायत नाम चलेका खेलाडी छन्।

    सन्दीपले यसअघि नै ग्लोबल टी–२० मा खेलिसकेका छन्। दीपेन्द्रले भने पहिलोपटक विदेशी लिग खेल्न लागेका हुन्।

    उनीसम्मिलित टाइगर्समा आन्द्रे रसेल, कार्लोस ब्रार्थवेट, क्रिस लिन, शाकिब अल हसनलगायत स्टार छन्। प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल ६ अगस्टमा हुनेछ।